काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि एक साता थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले छुट्टाछुट्टै सूचना जारी गरेर आगामी २४ भदौको मध्यराति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको बताएका छन् ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गत ३ भदौमा एक साताका लागि निषेधाज्ञा जारी गरेका थिए । १० भदौमा निषेधाज्ञा एक साता लम्ब्याइएको थियो ।