विराटनगरमा कोरोनामुक्त परिवारलाई टोलवासीको स्वागत

बुधबार, १७ भदौ, २०७७
डिजिटल संस्करण

कोरोना भाइरसलाई जित्न सफल विराटनगरको एक परिवारलाई टोलवासीले स्वागत गरेका छन् । संक्रमित भएपछि २१ दिनसम्म आइसोलेसनमा बसेका विराटनगर महानगरपालिका– १२ आलोकमार्गनिवासी किशोर धमला र उनको परिवारलाई कोरोनामुक्त भएपछि टोलवासीले मंगलबार स्वागत गरेका हुन् । 

कोरोना संक्रमणमुक्त धमला  परिवारलाई  आलोक टोलका अगुवाहरू जगदीश तिम्सिना, सजन श्रेष्ठ, कुमार राई, पदम श्रेष्ठलगायतले घरमै पुगेर पुष्पगुच्छा दिएर स्वागत गरेका थिए । 

कोरोना संक्रमण भएको परिवारलाई हेलाहोचो र छीःछीःदूरदूर हाेइन आवश्यक सहयोग गर्नुपर्छ र मुक्त भएकाहरूलाई सहज रूपमा सामाजिक अन्तर्घुलन गराउने वातावरण तयार गराउन धमला परिवारलाई स्वागत गरेको टोलवासी जगदीश तिम्सिनाले बताए । 

टोलवासी पदम श्रेष्ठले कोरोना संक्रमित व्यक्ति र परिवारलाई घृणा र असहयोग गर्नेहरूलाई सरकारले कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए । कोरोनामुक्त भएका धमलाले कोरोना संक्रमण एक किसिमकाे सरुवा रोग भएकोले आत्मविश्वासले सहजैलाई जित्न सकिने उल्लेख गर्दै त्रास नपाल्न सुझाब दिए ।

सुझावित समाचार