काठमाडौं । जनकपुरबाट काठमाडौं आउँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। म.प्र. ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस सिन्धुलीको गोलन्जोर गाउँपालिका– ७, पलाँसेस्थित बिपी राजमार्गमा दुर्घटना भएको हो।
माइक्रोबस आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अँधेरी खोलाको बगरमा खसेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ।
प्रहरीका अनुसार घाइतेमध्ये नाैजनाको विवरण खुलिसकेको र पाँचजनाको विवरण खुल्न बाँकी रहेको छ।