कर्णालीले पावर प्लेमा ३० रन बनाउँदा चार विकेट गुमायो

बिहिबार, २६ कार्तिक, २०८३
डिजिटल संस्करण
कर्णालीले पावर प्लेमा ३० रन बनाउँदा चार विकेट गुमायो

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

काठमाडौं/ तेस्रो नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले पावर प्लेमा चार विकेट गुमाएको छ। टस जितेर ब्याटिङ रोजेको कर्णालीले लुम्बिनी लायन्सविरुद्ध ३० रन जोड्दा चार विकेट गुमाएको हो।

त्रिवि क्रिकेट मैदानमा कर्णालीका दीपेन्द्र रावत चार बलमा कुनै रन नजोडी आउट भए। यसैगरी आरिफुल स्लाम र दीपक डुम्रेले समान सात बलमा ४–४ तथा कप्तान डेभिड मिलर सात बलमै पाँच रन जोडेर पेभेलियन फर्किए। अहिले पवन सर्राफ २ र सोमपाल कामी १३ रन बनाएर खेलिरहेका छन्।

लुम्बिनीका लागि अभिशेष गौतमले दुई तथा किशोर महतो र शेर मल्लले समान एक विकेट लिए।

सुझावित समाचार