धादिङ । बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– २ र गोरखाको आरुघाट गाउँपालिका– ९ जोड्ने पक्की पुल बगाएको छ । पुल बगाएपछि दुई पालिकाबिचको आवागमन अवरुद्ध भएको छ भने गोरखासँगको सम्पर्कसमेत टुटेको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीका अनुसार त्यस क्षेत्रको घरमा पसेको बाढीले करिब १५० घरमा क्षति पुगेको छ । बाढीले घरहरूमा क्षति पुर्याउनुका साथै दुई पालिकालाई जोड्ने मुख्य पुलसमेत बगाएको छ । मुख्य पुल नै बाढीले बगाएपछि गोरखासँगको सम्पर्कसमेत टुटेको छ ।
पुल बगाएपछि स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको छ । बाढीबाट प्रभावित घरपरिवारको क्षति र पुल बगाउँदा भएको भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।