भरुवा बन्दुक बनाई बिक्री–वितरण गर्ने एक पक्राउ

बिहिबार, २२ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । भरुवा बन्दुक बनाई बिक्री–वितरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा मोरङबाट एकजना पक्राउ पक्राउ परेका छन्।

बिहीबार बिहान ९ः५५ बजे लेटाङ नगरपालिका– ७, वारांगी कोलाघारीका ४५ वर्षीय पूर्ण लावती लिम्बूलाई इलाका प्रहरी कार्यालय लेटाङले पक्राउ गरेको हो।

उनको घरबाट तयारी अवस्थाको एक थान भरुवा बन्दुक, एक थान दबासवाला बन्दुक तथा हातहतियार निर्माण गर्ने आरन र भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न पार्टपुर्जाहरू बरामद गरेको प्रहरीले जनाएको छ।

सुझावित समाचार