काठमाडौंका विभिन्न स्थानमा रहेका स्पा र मसाज सेन्टरमा छापा हानेर प्रहरीले एक बंगलादेशी नागरिकसहित १४ जनालाई नियन्त्रणमा लिएको छ।
स्पा, मसाज सेन्टरहरूले व्यावसायिक–सार्वजनिक मर्यादाविपरीत गैरकानुनी क्रियाकलाप गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले छापा हानेको हो।