बारामा श्रीमतीमाथि कुटपिट गरेको आरोपमा श्रीमान् पक्राउ

बिहिबार, २२ असोज, २०८३
डिजिटल संस्करण

बारा । निजगढ नगरपालिका– १२, रामथलीमा घरायसी विवादका क्रममा श्रीमतीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार ५५ वर्षीय विजय मोक्तानले ४७ वर्षीया श्रीमती सुकुमाया मोक्तानलाई लहराको टुक्राले कुटपिट गरेका थिए। कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायालाई स्थानीय मेडिकलबाट चिकित्सक बोलाएर घरमै उपचार गराइएको थियो। घटनापछि सुकुमाया खाना खाएर राति करिब ८ बजे सुतेकी थिइन्। भोलिपल्ट बिहान ४ बजे श्रीमान् विजयले उठाउन खोज्दा नउठेपछि बिहान ६:४० बजे प्रहरीलाई खबर गरिएको थियो।

सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी सुकुमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बारा पठाएको छ। घटनामा संलग्न विजय मोक्तानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार