उदयपुर/ उदयपुरको बेलका नगरपालिकाबाट मलद्वारमा लुकाएर ल्याएको ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । बेलका नगरपालिका– ५, घुम्नेका करिब ३० वर्षीय प्रदीप बस्नेत मलद्वारमा लुकाएर ल्याइएको दुई ग्राम ६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनलाई बेलका नगरपालिका– ४, लालबजारस्थित यात्रुवाहक बसबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले जानकारी दिए ।
चापागाईंका अनुसार बसमा सवार बस्नेतले प्रतिबन्धित पदार्थ मलद्वारमा लुकाएर ल्याएको आशंकामा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हाे ।
अहिले बस्नेतविरुद्ध उदयपुर जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेको छ ।