पूर्वमा आज घाम लाग्ने, पश्चिममा भोलिदेखि सुधार

आइतबार, ११ असोज, २०८३
डिजिटल संस्करण

चार दिनदेखिको झरी पश्चिमतिर सर्दै बाहिरिने क्रममा छ । नेपाल मौसम विज्ञान विभागका अनुसार गत बुधबारबाट देशभर भइरहेको वर्षा क्रमशः घट्दै गएको छ । आइतबार पूर्वी नेपालमा मौसममा सुधार हुने देखिए पनि पश्चिम नेपालमा भने सोमबारसम्म कायमै रहने विभागले जनाएको छ । 

‘पश्चिममा पनि यसअघिको जस्तो ठुलो वर्षा छैन । वर्षा घट्दै गएको छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले भने, ‘भोलि सोमबारबाट देशभर नै मौसममा सुधार हुने देखिएको छ ।’ मौसमविद् दाहालका अनुसार पूर्वी क्षेत्रमा आइतबार घाम लाग्नेछ । तर, काठमाडौंमा भने केही समय घाम लागे पनि फेरि बादल लाग्ने र वर्ष हुने सम्भावना छ । 

See More On

सुझावित समाचार