सन् १९७० : चन्द्रमा पुगेर पृथ्वी फर्किने पहिलो अन्तरिक्षयान बनेको ‘लुना १६’ प्रक्षेपणको १२ दिनपछि यसै दिन पृथ्वीमा अवतरण गर्यो । यानले सय केजी तौलबराबरको चन्द्रमाको ढुंगा–माटो पनि ल्याएको थियो ।
सन् १४९३ : क्रिस्टोफर कोलम्बस स्पेनको काडिजबाट अमेरिकी महादेशको दोस्रो यात्रामा निस्किए ।
सन् १७८९ : अमेरिकी कंग्रेस (संसद्)ले ‘जुडिसिअर एक्ट’ पारित गर्दै देशमा संघीय न्यायिक प्रणालीको जग हाल्यो ।
सन् १९५० : यमनबाट पचास हजार यहुदीलाई इजरायल स्थानान्तरण गर्न इजरायल सरकारले चलाएको ‘अप्रेसन म्याजिक कार्पेट’ यसै दिन सम्पन्न भयो ।
सन् १९६० : विश्वको पहिलो आणविक ऊर्जाबाट चल्ने युद्धपोत ‘युएसएस इन्टरप्राइज’को अमेरिकाको भर्जिनियामा समुद्घाटन भयो ।
सन् १९९३ : लामो गृहयुद्धपछि कम्बोडियामा पुनः राजतन्त्र पुनर्स्थापना भएसँगै नरोद्दम सिंहानुक यसै दिन देशका राजा थपना गरिए ।