नेपाल प्रिमियर लिग (एनपिएल)को टाइटल स्पोन्सर रहेको सिद्धार्थ बैंकले सिद्धार्थ एनपिएल क्रेडिट कार्ड र सिद्धार्थ एनपिएल बचत खाता सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत १ असोजदेखि आगामी ९ मंसिरसम्म आवेदन दिने ग्राहकले आजीवन निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार पहिलो वर्षको वार्षिक शुल्क कार्ड जारी गरेकै समयमा पूर्ण रूपमा छुट दिइनेछ । त्यस्तै, दोस्रो वर्षदेखि, ग्राहकले अघिल्लो वर्षमा कम्तीमा तीनवटा क्रेडिट कार्ड कारोबार पूरा गरेको खण्डमा मात्र वार्षिक शुल्क फिर्ता गरिने बताइएको छ ।
त्यसैगरी, सिद्धार्थ एनपिएल बचत खाता खोल्ने ग्राहकले सिद्धार्थ एनपिएल थिममा डिजाइन गरिएको डेबिट कार्ड पाउनेछन् । साथसाथै, सुरुवाती सुविधाका रूपमा ५०० सिद्धार्थ रिवार्ड पोइन्टसमेत ग्राहकले प्राप्त गर्ने बैंकले जानकारी दिएको छ ।
सिद्धार्थ एनपिएल डेबिट कार्ड र सिद्धार्थ बैंक स्मार्ट एक्सपी दुवैको सदस्यता लिने ग्राहले एकमुस्ट ५०० वार्षिक शुल्क तिरेर बन्डल प्याकेजको रूपमा सेवा प्राप्त गर्न सक्नेछन् ।
अभियान अवधिमा सबैभन्दा बढी रिवार्ड प्वाइन्ट्स कमाउने एकजना सिद्धार्थ एनपिएल बचत खातावालाले एसबिएलएनपिएल भिडियोमा फिचर हुने अवसर पाइनेछ । त्यसैगरी, रिवार्ड च्याम्पियन स्कोर हासिल गर्ने एकजना बचत खातावालाले सेमिफाइनलमा प्लेयर अफ दी म्याच पुरस्कारसमेत प्राप्त गर्ने बैंकले जनाएको छ ।