नाइजेरियाको स्टर्लिङ आयल कम्पनीले रसुवाको भोटेकोशी बाढीपीडितलाई ५० हजार डलर (करिब ७६ लाख रुपैयाँ) सहयोग गर्ने भएको छ। कम्पनीले आफ्नो कल्याणकारी कोषबाट ५० हजार डलर सहयोग घोषणा गरेर थप व्यक्तिगत सहयोग गर्न इच्छा राख्ने आफ्ना कर्मचारीलाई सहयोगका लागि आह्वानसमेत गरेको छ।
कर्मचारीहरूबाट प्राप्त एैच्छिक सहयोगसमेत थपेर उक्त सहयोग यसै शुक्रबारभित्र नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकाेप उद्धार कोषमा जम्मा गर्ने बताइएको छ।
उक्त सहयोगका लागि त्यहाँ कार्यरत नेपाली अधिकारी दिलीप आचार्यले पहल गरेका हुन्। स्टर्लिङ आयल एक्सप्लोरेसन एन्ड इनर्जी प्रोडक्सन कम्पनी लिमिटेड नाइजेरियाको लागोसमा मुख्यालय रहेको निजी क्षेत्रको प्रमुख तेल तथा ग्यास अन्वेषण एवं उत्पादन कम्पनी हो।