गाडी दुर्घटनामा भाइको मृत्यु, दाजु गम्भीर

शनिबार, २७ भदौ, २०८३
डिजिटल संस्करण

रामेछाप बजारबाट सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा प्र ०१–०२६ च ४९१३ नम्वरको बलेरो गाडि दुर्घटनामा परि भाइको मृत्यु भएको छ भने दाजु गम्भीर घाइते भएका छन् । 

गाडी दुर्घटनामा परि दोलखा जिल्ला भिमेश्वर नगरपालिका–३ का ३० बर्षिय प्रदिप तामाङ   (लामा) र उनका भाइ २८ वर्षीय सन्जित तामाङ रहेका छन् । प्रदिपले चलाएको उक्त गाडी रामेछाप नगरपालिका–८ बाबियाखर्कको बिटारको भित्री सडक खण्डबाट करिब दुई सय ५० मिटर तल सुकाजोर खोला किनारमा खसेको थियो ।

 दुर्घटनामा परि घाइते भएकाहरुको तत्काल स्थानीय र प्रहरीको टोलीले उपचारको लागि मन्थली अस्पतालमा लगिएकोमा उपचारको क्रममा सन्जित तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए। अर्का घाइते गाडी चालक प्रदिपको सो अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काभ्रेको धुलिखेल अस्पतालमा रेफर गरिएको छ। दुर्घटनाको विषयमा थप अनुसन्धान अघि वढाएको प्रहरीले जनाएको छ । 
    

सुझावित समाचार