प्रधानमन्त्री बालेन उद्योगी तथा व्यवसायीसँगको छलफलमा

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मुलुकको आर्थिक अवस्था तथा निजी क्षेत्रका समस्या समाधानका विषयमा उद्योगी तथा व्यवसायीहरूसँग छलफल  गरिरहेका  छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायीहरू विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाललगायत सहभागी छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण सुधार, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको छ।

सरकार र निजी क्षेत्रबिचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने विषयमा समेत छलफल केन्द्रित छ। साथै, लगानी विस्तार र व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्ने उपायबारे उद्योगी–व्यवसायीका सुझाव लिने काम भइरहेको सचिवालयले जनाएको छ।

आर्थिक गतिविधि विस्तार, लगानी प्रवर्द्धन र निजी क्षेत्रको विश्वास बढाउने विषयलाई छलफलमा प्राथमिकताका साथ उठाइएको बताइएको छ।

सुझावित समाचार