सिराहामा प्रतिबन्धित औषधिसहित एकजना पक्राउ

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

सिराहाको लहान नगरपालिका– ३, ठाडी चोकबाट प्रहरीले प्रतिबन्धित औषधिसहित एकजनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरी बल सुरक्षा बेस लहानबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा ठाडीबाट लहानतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ च ४१४४ नम्बरको स्कार्पियो रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा स्कार्पियोबाट कोरकोफ–सी एक सय एमएल लेखिएको प्रतिबन्धित औषधि १२३ बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी रमेशबहादुर पालले बताए।

प्रहरीले प्रतिबन्धित औषधि बरामद भएको स्कार्पियोसहित चालक सिराहाको लहान नगरपालिका– १० का ४१ वर्षीय विजयकुमार बिसुंकेलाई समेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेका चालक बिसुंकेसहित बरामद औषधि र गाडी इलाका प्रहरी कार्यालय लहानमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी पालले बताए।

सुझावित समाचार