भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा प्राधिकरणका सबै कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा नेपाल विद्युत् प्राधिकरणका देशभरका सबै कार्यालयमा आज श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने भएको छ।

राष्ट्रिय शोक मनाउने सरकारको निर्णयअनुसार प्राधिकरणले भदौ २२ गते अपराह्न ५ः१० बजे सबै कार्यालयमा मौनधारण, दीप प्रज्वलन तथा मृतकको चिरशान्तिको कामना गर्ने कार्यक्रम तय गरेको हो।

प्राधिकरणले कार्यक्रमलाई प्रभावकारी बनाउन मातहतका सबै कार्यालयलाई कर्मचारीको अनिवार्य सहभागिता सुनिश्चित गर्न निर्देशन दिएको छ।

भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति सम्मान तथा श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले मातहतका कार्यालय तथा कर्मचारीलाई निर्धारित समयमै कार्यक्रम आयोजना गरी सम्पूर्ण कर्मचारीको सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ।

सुझावित समाचार