पहिराेले साँफे–मार्तडी सडक अवरुद्ध

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण

‎शनिबार राति आएको अविरल वर्षाको कारण साँफे–मार्तडी सडकखण्ड आइतबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।  यो सदरमुकाम मार्तडी र जिल्लाको उत्तरपूर्वी भागमा पर्ने चारवटा स्थानीय तह तथा छिमेकी जिल्ला मुगु, हुम्ला, जुम्ला र कालीकोट जाने मुख्य राजमार्ग हो।

शनिबार राति लगातार परेको वर्षाका कारण बडीमालिका नगरपालिका– ९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायतका स्थानमा सडकमाथिबाट पहिरो खसेको छ।

‎यस्तै बडीमालिका– ८ को राप्का र वडा नं ६ को जडांगालगायतका स्थानमा समेत पहिरो खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेश शाहीले जानकारी दिए।

‎सडक अवरुद्ध भएपछि आइतबार बिहानदेखि नै बडीमालिका नगरपालिकालगायत अन्य सरोकारवाला निकायहरूले सडक खुलाउन पहल गरिरहेको भए पनि सडक नियमित हुन सकेको छैन।

सुझावित समाचार