भोटेकोशी बाढीले क्षतिग्रस्त २० झोलुंगे पुल मर्मत हुँदै

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएका २० वटा झोलुंगे पुलको मर्मत कार्य अघि बढेको छ। यही भदौ १० गते आएको बाढीले रसुवाको टिमुरेदेखि चितवनको मुग्लिङसम्मका ६४ वटा झोलुंगे पुलमध्ये ५३ वटामा क्षति पुर्याएको थियो।

सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्यांकन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुंगे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए।

यी पुल मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको थियो। जसमध्ये महेश दोभान–मास्टार, कालिकास्थान, मलिंगा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुंगे पुलको मर्मतमा प्रगति भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यी पाँचवटा झोलुंगे पुलहरू एक महिनाभित्र मर्मत सम्पन्न हुने बताइएको छ।

त्यसैगरी, पुनः निर्माण गर्नुपर्ने ३३ वटा झोलुंगे पुलका लागि पनि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ।

सुझावित समाचार