भोटेकोशी/त्रिशूली नदीमा आएको भीषण बाढीमा परेर अर्घाखाँचीका नौजना मानिस सम्पर्कविहीन भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले अर्घाखाँचीका नौजना मानिस परिवारको सम्पर्कमा नआएको जानकारी दिए ।
सहायक प्रजिअ पन्थीले भने, 'विभिन्न स्रोतबाट प्राप्त जानकारीअनुसार अर्घाखाँचीका नौजना मानिस परिवारको सम्पर्कमा आएका छैनन्।'
यस्तै, प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले पनि भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेर अर्घाखाँचीका नौजना मानिस परिवारको सम्पर्कमा नआएको बताए।
सम्पर्कविहीन हुनेहरू :
१. पाणिनी गाउँपालिका वडा नं-३ का प्रशान्त रेस्मी
२. सन्धिखर्क नगरपालिका घर भई हाल भूमिकास्थान नगरपालिका-३ मामाघरमा बस्ने सुमित मल्ल ठकुरी
३. मालारानी गाउँपालिका वडा नं- ५ बाँगी गुरासेनिवासी नारायण पन्थी
४. शीतगंगा नगरपालिका वडा नं- ४ निवासी सुबोध बेल्बासे
५. पाणिनी गाउँपालिका वडा नं- ७ निवासी नारायणबहादुर थापा
६. भूमिकास्थान नगरपालिका वडा नं- ९ बस्ने मनिकला राना
७. भूमिकास्थान नगरपालिका- ९ निवासी तारा राना
८. भूमिकास्थान नगरपालिका -१० निवासी रुकबहादुर क्षेत्री
९. भूमिकास्थान नगरपालिका वडा नं- ८ निवासी कृष्णबहादुर श्रेष्ठ रहेका छन् ।
मृत्यु हुनेको संख्या ३५९ पुग्यो
यसैगरी, भोटेकोशीको बाढीमा परेर मृत्यु हुनेको संख्या ३५९ पुगेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार चितवनमा १३२, नवलपरासी पूर्वमा ८२, धादिङमा ३३, गोरखामा ३०, नुवाकोटमा २८, तनहुँमा २२, रसुवामा १७ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।