भाेटेकाेशी बाढीमा परी घाइते भएका १८ जनालाई उद्धार गरी काठमाडौं ल्याइएको छ। घाइतेमध्ये १४ जनालाई शिक्षण अस्पताल (टिचिङ) र चारजनालाई ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको हो।
घाइतेहरूको उद्धार नेपाली सेनाको हेलिकोप्टर तथा एम्बुलेन्समार्फत गरिएको जनाइएको छ। उद्धारपछि उनीहरूलाई सम्बन्धित अस्पतालमा पुर्याई उपचार सुरु गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको छ। घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।