राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले जनकपुर उपमहानगरपालिकामा सार्वजनिक जमिनमा बनेका अवैध संरचना हटाउने कार्यको स्वागत गर्दै पक्षपात नगरी काम हुनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसद झाले गरिबका संरचनामा डोजर चलाएर धनिका संरचना यथावत् रहन्छ कि भन्ने आशंका व्यक्ति गरे। ‘जनकपुरमा एक किसिमको शंका के छ भने कहीँ गरिबको मात्र बस्ती हटाउने र ठुलाबडालाई नछुने हो कि,’ उनले भने।
०६२ सालमा भोजराज घिमिरेको नेतृत्वको प्रतिवेदनअनुसार जनकपुरको लगभग ९५० बिघा जमिन अपचलन भएको उल्लेख गर्दै सांसद झाले पहुँचवालाले बनाएका अवैध संरचना पनि हटाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए।