१९९.३२ केजी गाँजासहित कटारीमा टिपर र चालक पक्राउ

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

उदयपुरको कटारी नगरपालिका– ४ स्थित मरुवा खोलाबाट प्रहरीले १९९.३२ केजी गाँजासहित एक टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ना.७ख ८१७३ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा नाैवटा बोरामा लुकाइराखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरेको हो।

प्रहरीले टिपरचालक सोम मगरलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

See More On

सुझावित समाचार