सात संस्थामा महालक्ष्मी विकासका ग्राहकलाई छुट

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न सातवटा संघ–संस्थामा छुट पाउने भएका छन् । बैंकले स्वास्थ्य, होटेल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी ग्राहकलाई छुट दिलाउन सम्झौता गरेको हो ।

सम्झौताअनुसार कुरिनटार, चितवनस्थित मनकामना हिलक्रेस्ट होटेलमा १२.५, ठमेलस्थित छायादेवी कम्प्लेसमा १५ र लाजिम्पाटस्थित एल्लो हात्तीमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

त्यसैगरी, बुद्धनगरस्थित अल्फा केयर डाइग्नोस्टिक सेन्टरमा २०, कलंकीस्थित दृष्टि आई केयरमा २० प्रतिशत तथा दरबारमार्गमा रहेको ओरिएन्ट क्याफेमा र मकवानपुरको हेटौँडामा रहेको होटेल स्मारकमा १५ प्रतिशत छुट दिइने सम्झौता गरिएको छ । 

उक्त छुट प्राप्त गर्ने ग्राहकले महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्नुपर्ने बताइएको छ । 

सुझावित समाचार