धुलिखेल अस्पतालले ओपिडीमा रोकेको स्वास्थ्य बिमा भदौबाट लागू हुने

शनिबार, ३० साउन, २०८३
डिजिटल संस्करण

धुलिखेल अस्पतालले ओपिडीमा साढे दुई महिना रोकेको स्वास्थ्य बिमा भदौबाट लागू हुने भएको छ । अस्पतालले गत १७ जेठदेखि आकस्मिक सेवाबाहेकमा बिमाअन्तर्गतका सेवा स्थगित गरेको थियो ।

तर, बिमा बोर्डले सेवा शुल्कमा गरेको परिमार्जन, आर्थिक सहजता र भुक्तानीको प्रतिबद्धता आएपछि अस्पतालले बिमा सेवा पुनः सञ्चालन गर्न लागेको अस्पतालका निर्देशक प्राडा बलराम मल्लले बताए । ‘विगतमा ७० करोड भुक्तानी बाँकी हुँदा पनि स्वास्थ्य बिमा लागू नै गरेका थियौँ,’ मल्लले भने, ‘जनशक्ति भए पनि सामान नै रिक्तिएपछि सेवा बन्द गर्न बाध्य भएका थियौँ । अब फेरि सुरु हुनेछ ।’ 

उनका अनुसार शनिबार, आइतबार र सार्वजनिक बिदाका दिनमा बाहेक अन्य दिन बिहान ७ बजेदेखि नै ओपिडीमा बिमा लागू हुनेछ । केही प्रयोगशाला परिक्षण र औषधि पनि बिमाअन्तर्गत नै उपलब्ध हुने उनले बताए । बिमा सेवा लिन आउने बिरामीले यसअघिको साबिकको प्रथम सेवा विन्दुबाट रिफरल पुर्जी अनिवार्य रूपमा ल्याउनुपर्ने अस्पतालले जनाएको छ । 

सुझावित समाचार