बजाज ग्लोबलले ‘माई पल्सर स्टोरी’ विश्वव्यापी अभियान सुरु गरेको छ । यस अभियानमार्फत विश्वभरका राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहकलाई पल्सरसँग जोडिएका आफ्ना वास्तविक र प्रेरणादायी अनुभव साझा गर्न आह्वान गरिएको छ ।
अभियानले नेपालसहित विश्वभर रहेका पल्सर राइडिङ समुदायको उत्साह, समर्पण र साहसी यात्रालाई सम्मान गर्ने बताइएको छ । पल्सर नेपाल पनि यस विश्वव्यापी अभियानको हिस्सा बनेकाले नेपाली राइडरले आफ्ना अनुभव अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने तथा पल्सरको साहसी भावना झल्काउने अवसर पाउनेछन् ।
सहभागीहरूले भिडियो, संगीत, एआईमा आधारित सामग्री, फोटो वा अन्य कुनै पनि सिर्जनात्मक माध्यम र जुनसुकै भाषामा आफ्ना पल्सरसँग जोडिएका कथा प्रस्तुत गर्न सक्नेछन् । छनोट भएका सामग्री पल्सरका विश्वव्यापी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ । अभियानअन्तर्गत प्रत्येक हप्ता छनोट हुने विजेताले अमेरिकी डलर ५०० बराबरका उपहार प्राप्त गर्नेछन् ।
साथै, सहभागी प्रत्येक देशबाट एकजना भाग्यशाली राइडरले पल्सर एनएस ४००जेड जित्ने अवसर पाउनेछन् । अभियान आगामी सेप्टेम्बर ४ सम्म सञ्चालन हुने बताइएको । अभियानमा सहभागी हुन राइडरले माई पल्सर स्टोरी ह्यासट्यागसहित पल्सरसँग जोडिएको आफ्नो अनुभव वा अविस्मरणीय राइडिङ क्षण साझा गर्नुपर्नेछ ।
‘बजाजका लागि यो उत्सव केवल मोटरसाइकलको २५ वर्षे यात्रा मनाउने अवसर मात्र होइन, पल्सरलाई आजको स्थानसम्म पुर्याउने राइडरहरूको साहस, यात्रा, उपलब्धि र अविस्मरणीय अनुभवप्रति सम्मान व्यक्त गर्ने अवसर पनि हो,’ कम्पनीले भनेको छ ।