‘राष्ट्र निर्माणमा दक्ष इन्जिनियरको भूमिका निर्णायक’

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास र सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार तथा उत्तरदायी इन्जिनियरहरूको भूमिकामा निर्भर रहने बताएका छन् । 

जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रद्वारा आयोजित नवप्रवेशी युवा इन्जिनियरको तालिम कार्यक्रममा बोल्दै उनले सरकारी सेवामा प्रवेश केवल जागिरको सुरुवात नभई राष्ट्र निर्माणमा समर्पित हुने ऐतिहासिक अवसर भएको उल्लेख गरे ।

मन्त्री श्रेष्ठले इन्जिनियर केवल प्राविधिक जनशक्ति नभई राष्ट्रसेवक भएको उल्लेख गर्दै उनीहरूको प्रत्येक निर्णय, सुझाव र कार्यले लाखौँ नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उच्च जिम्मेवारीबोधका साथ काम गर्नुपर्नेमा जोड दिए । कुनै पनि राष्ट्रको विकास, सभ्यता र समृद्धिको इतिहास इन्जिनियरको सिर्जनशीलता, अनुसन्धान, अनुशासन र अथक परिश्रमसँग जोडिएको मन्त्री श्रेष्ठको भनाइ थियो । 

सुझावित समाचार