सुनको मूल्य तोलामा एक हजार आठ सय रुपैयाँले घट्यो

आइतबार, १७ साउन, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँले घटेर दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा खरिद–बिक्री भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर चार हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला चार हजार ३१० रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको कारोबार जारी रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ६३ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सुझावित समाचार