आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक परीक्षाबाट नियुक्तिका लागि निवेदन दिएका ६ जनाको आज अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणको कार्यतालिका छ ।
मन्त्रालयले एक सूचनामार्फत सबै उम्मेदवारहरूलाई व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि तोकिएको भन्दा आधा घण्टाअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उपस्थित हुन भनिएको छ । नागरिकता, शैक्षिक योग्यता तथा अनुभवको सक्कलै कागजातसहित मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा (कोठा नं ३०६) मा सम्पर्क गर्न सूचित गरिएको छ ।
कार्यकारी निर्देशक पदमा आवेदन दिएकाहरूमध्ये छविराज पोखरेल, कौशल केसी, सञ्जीवकुमार देव, नागेन्द्र शाह, सरोजकुमार शर्मा र दीपेन्द्रकुमार देव सर्टलिस्ट भएका छन् । उनीहरूको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि बिहान नौ बजेदेखि दिउँसो तीन बजेसम्म समय तोकिएको छ ।