उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आयातमा कुनै समस्या नरहेकाले अनावश्यक सञ्चिती नगर्न उपभोक्तालाई आग्रह गरेकी छिन् । आयल निगमले पूर्ण तौल (१४.२ किलो) भएको सिलिन्डर बजारमा पठाउन थाले पनि डिलरहरूले सहजै ग्यास दिन सकेका छैनन् ।
अहिले पनि उपभोक्ताले तीन–चार दिन पालो कुरेर मात्र ग्यास पाउने गरेको ललितपुरको भैँसेपाटीस्थित एभरेस्ट र श्रीराम ब्रान्डको ग्यास बिक्री गर्दै आएका एक विक्रेताले बताए । पालो कुरेर ग्यास खरिद गर्नुपर्ने भएपछि उपभोक्ताहरू घरमा रहेको खाली सिलिन्डरसमेत भरेर बस्न थालेका छन् ।