प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा नेतृत्वको टोली स्वदेश फर्किएको छ। प्रधानन्यायाधीशको टोली भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमणका लागि साउन ७ गते त्यसतर्फ लागेको थियो।
भ्रमणका क्रममा प्रधानन्यायाधीश शर्माले भारतको सर्वोच्च अदालतको अवलोकन गर्नुका साथै द्विपक्षीय हित तथा न्यायिक सहयोगका विषयमा छलफल गरेका बताइएको छ।
भ्रमण दलमा प्रधानन्यायाधीश शर्माकी श्रीमती उमा शर्मा र सर्वोच्च अदालतका सहरजिस्ट्रार अमित उप्रेतीसमेत सहभागी थिए।