सिद्धार्थ बैंकका ग्राहकलाई वरपिपल रिसोर्टमा छुट

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

सिद्धार्थ बैंक लिमिटेडको डिजिटल माध्यम प्रयोग गरी भुक्तानी गर्दा ग्राहकले पोखराको लेकसाइडस्थित वरपिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र रिसोर्टले ग्राहकलाई विभिन्न सेवामा विशेष छुट दिने गरी सम्झौता गरेका हुन् । सम्झौतापत्रमा बैंकका गण्डकी प्रदेश प्रमुख नीरज श्रेष्ठ र वरपिपल रिसोर्टका सञ्चालक एवं निर्देशक अमरजंग गुरुङले हस्ताक्षर गरे । 

सम्झौताअनुसार रिसोर्टमा ग्राहकले भुक्तानी गर्दा सिद्धार्थको डेबिट, क्रेडिट, प्रिपेड कार्ड, मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशत, साधारण कार्ड वा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा १० प्रतिशत, बैंकको नारी डेबिट कार्ड र प्लेटिनम क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्मको विशेष छुट पाउने सम्झौता भएको हो । 

सञ्चालक गुरुङले पोखरा घुम्न आउने देशभरका ग्राहकले सुविधा प्रयोग गर्न सक्ने बताए । सम्झौताले पोखराको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताउँदै गुरुङले देशभरका नागरिकलाई एकपटक पोखरा जाऊँ–जाऊँ लाग्ने र पोखरा आइहाले, सिद्धार्थ बैंकका ग्राहक छन् भने छुट सुविधा प्रयोग गर्न सक्ने बताए । 

सुझावित समाचार