नारायणी अस्पतालमा बिरामीको मृत्यु भएपछि तोडफोड

शनिबार, ९ साउन, २०८३
डिजिटल संस्करण

वीरगन्जको नारायणी अस्पतालमा एकजना बिरामीको उपचारका क्रममा मृत्यु भएपछि तोडफोड भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का ४५ वर्षीय राजकुमार पटेलको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएपछि तोडफोड भएको हो। 

शनिबार बिहान ११ बजेको समयमा मृतक पटेलका आफन्तले आकस्मिक कक्षमा प्रवेश गरेर होहल्ला गर्दै  तोडफोड गरेको वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ। 
उपचारका लागि अस्पतालमा आएका उनको मृत्यु कसरी भएको भन्ने विषयमा अहिलेसम्म खुल्न नसकेको वडा प्रहरी कार्यालयका प्रमुख विक्रम सुवेदीले जानकारी दिए। 

अहिले अस्पतालपरिसरमा मृतकका आफन्त प्रदर्शनमा रहेकाले पछि कुरा गर्ने प्रहरी निरीक्षक सुवेदीले बताए।

सुझावित समाचार