ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सबै व्यवसायीसँग विद्युतको बक्यौता उठाउने बताएका छन्।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले भने, ‘राज्यलाई तिर्नुपर्ने पैसाबाट कोही पनि उम्किन पाउँदै पाउँदैन।’
बर्खा लागेसँगै जलविद्युत् आयोजनामा बाढी पस्ने, रुख ढलेर प्रसारणलाइनको पोल ढल्नेजस्ता समस्या आउँदा विद्युत् सेवामा केही समस्या भएको उनको भनाइ थियो। असारदेखि भदौ महिना विद्युत् सेवाका लागि चुनौतीपूर्ण हुने गरेको विगतका तथ्यांकले पनि देखाउने उनले बताए।