सुनको मूल्य सामान्य बढ्यो

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण

साताको पहिलो कारोबार दिन आइतबार स्थानीय बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर दुई लाख ८८ हजार रुपैयाँ पुगेको छ।

गत शुक्रबार प्रतितोला सुनको मूल्य दुई लाख ८७ हजार चार सय रुपैयाँ कायम रहेको थियो। आज १० ग्राम सुनको मूल्य पनि बढेर दुई लाख ४६ हजार ९५० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

यता, चाँदीको मूल्य भने घटेको छ। आइतबार चाँदी प्रतितोला ३५ रुपैयाँले सस्तिएर चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।

सुझावित समाचार