१० माघ ०७९ मा प्रेम आचार्यले नयाँ बानेश्वरस्थित संसद् भवनबाहिर आत्मदाह गरेका थिए । उक्त घटनापछि तत्कालीन सरकारको सर्वत्र आलोचना भयो ।
तत्कालीन समयमा काठमाडौं महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत सरकारको कमजोरीले नागरिक ज्यान गएको भन्दै चर्को विरोध गरेका थिए ।
तर, उनी प्रधानमन्त्रीको कुर्सीमा रहेका वेला बिहीबार आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएर गणेश नेपालीको शुक्रबार ज्यान गएको छ । तर, यो घटनामा प्रधानमन्त्री शाह मौन छन् ।
हाल सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समेत ०७९ को घटनामा तत्कालीन सरकारको चर्को आलोचना गरेका थिए । उनले यो हालको घटनामा कुनै प्रतिक्रिया दिएका छैनन् ।