सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाजबिच बैंकका ग्राहकलाई सिनेमा टिकेट खरिदमा छुट दिने समझदारी भएको छ । जसअनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले जय नेपाल सिनेमाज हलमा मुभी टिकेट खरिदमा १० प्रतिशतसम्म आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।