पोखरामा ३४ ग्राम ब्राउनसुगरसहित दुईजना पक्राउ

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण

कास्कीको पोखरा महानगरपालिका– ३२, मजुवास्थित पृथ्वी राजमार्गमा सार्वजनिक बसबाट ३४ ग्राम ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार बिहान करिब ६:२० बजे नियमित सवारी चेकजाँचका क्रममा वीरगन्जबाट पोखरातर्फ आउँदै गरेको ग.२ख १६९५ नम्बरको सार्वजनिक बसमा सवार स्याङ्जाको आँधीखोला गाउँपालिका– २ निवासी ३२ वर्षीय विनोद क्षेत्री र फेदीखोला गाउँपालिका– ५ निवासी २६ वर्षीय रेशम क्षेत्रीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले बसेको सिटको झ्यालको पर्दाभित्र प्लास्टिकमा लुकाइछिपाई राखिएको करिब ३४ ग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद गरिएको हो। पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय शिशुवामा राखिएको प्रहरीले जनाएको छ।

सुझावित समाचार