सिद्धार्थ बैंकलाई गोल्ड अवार्ड

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण

सिद्धार्थ बैंकले अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । बैंकले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२६ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट डिजिटल फर्स्ट बैंकिङ’ विधामा गोल्ड अवार्ड पाएको हो ।

विश्वभरका बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन तथा ग्राहक अनुभव अभिवृद्धिका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासको मूल्यांकन गरी प्रदान गरिने उक्त अवार्डले बैंकको डिजिटल बैंकिङ क्षेत्रप्रतिको निरन्तर प्रतिबद्धता, ग्राहककेन्द्रित सेवा तथा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने प्रयासलाई अन्तर्राष्ट्रियस्तरमा सम्मान गरेको बताइएको छ ।

बैंकले ग्राहकलाई सहज, सुरक्षित तथा आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले विभिन्न डिजिटल सेवाको विस्तार गर्दै आएको छ । मोबाइल बैंकिङ, क्युआर भुक्तानी, क्युआर कर्जा, भर्चुअल क्रेडिट कार्ड, डिजिटल खाता सञ्चालनलगायतका सेवामार्फत ग्राहकलाई छिटो, सरल र सुविधाजनक बैंकिङ सेवा उपलब्ध गराउने बैंकको प्रयासलाई उक्त अवार्डले थप साहस र ऊर्जा प्रदान गरेको जनाइएको छ । 

सुझावित समाचार