अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय गाडीसम्बन्धी सूचना चुहावट गरेको भन्ने आरोप प्रमाणित गर्न चुनौती दिँदै आफूले कुनै बेइमानी नगरेको बताएका छन्।
बिहीबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आफ्नो सार्वजनिक छवि धमिल्याउने नियोजित प्रयास भइरहेको आरोप लगाए। नैतिकताको उच्च कडीमा उभिएर बनाएको छवि धमिल्याउन नियोजित रूपमा मानिसहरू लागेको र बदनाम गर्ने प्रयास गरेको भन्दै उनी भावुक बने ।
उनले भने, ‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्। म राजनीति मात्र होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु।’ साथै, आफूविरुद्ध विनाप्रमाण आरोप लगाएर बदनाम गर्न खोजिएको पनि उनले बताएका छन्।