प्रधानमन्त्रीको सट्टा अरूले जवाफ दिने कुरा स्वीकार्य छैन : हर्क साम्पाङ

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई)ले प्रधानमन्त्रीको सट्टा अरूले जवाफ दिने कुरा आफ्नो पार्टीले नस्विकार्ने बताएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सट्टा परराष्ट्रमन्त्री शिशिर खनालले सदनमा जवाफ दिने तयारी भएकोमा आपत्ति जनाउँदै साम्पाङले यस्तो बताएका हुन्।

आफूहरूले प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउन खोजेको जिकिर गर्दै उनले भने, ‘उहाँचाहिँ आउनै नहुने, उहाँले गर्नुभएको गल्तीलाई सच्याउन अरू मान्छे लागिदिनुपर्ने भन्ने न्यायसम्मत र संविधानसम्मत छैन।’

प्रधानमन्त्रीले नै लेखेर दिएको कुरा परराष्ट्रमन्त्रीले संसदमा पढेर सुनाउने विकल्पमा भने सहमत हुन सकिने उनको भनाइ छ।

सुझावित समाचार