टिभिएसका दुई मोडेल सार्वजनिक

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

जगदम्बा मोटर्स प्रालिले नेपालमा टिभिएस रोनिनका दुई नयाँ भेरियन्ट मोनोटोन र एगोन्डा सार्वजनिक गरेको छ । ठमेलस्थित क्लब नोभामा आयोजित एक विशेष सांगीतिक कार्यक्रमबिच यी मोटरसाइकलको अनावरण गरिएको हो ।

नयाँ टिभिएस रोनिन मोनोटोन लाइटनिङ ब्ल्याक र म्याग्मा रेड रङमा उपलब्ध हुनेछ । यसको मूल्य चार लाख २९ हजार नौ सय रुपैयाँ (एक्स–सोरुम) निर्धारण गरिएको छ । त्यसैगरी, टिभिएस रोनिन एगोन्डा पर्ल ह्वाइट रङमा चार लाख ३९ हजार नौ सय रुपैयाँ (एक्स–सोरुम)मा उपलब्ध हुने बताइएको छ ।

कम्पनीका अनुसार एगोन्डा भेरियन्ट भारतको गोवास्थित प्रसिद्ध एगोन्डा बिचबाट प्रेरित डिजाइनमा आधारित छ । सेतो आधार रङ, रेट्रो पिनस्ट्राइप तथा विशेष स्टालियन लोगोले यसलाई आकर्षक बनाएको दाबी गरिएको छ ।

टिभिएस रोनिनमा २२५.९ सिसी इन्जिन जडान गरिएको छ, जसले २०.४ पिएस पावर र १९.९३ एनएम टर्क उत्पादन गर्छ । मोटरसाइकलमा ग्लाइड थ्रु टेक्नोलोजी, असिस्ट एन्ड स्लिपर क्लच तथा ४१ एमएम युएसडी फ्रन्ट फोर्कजस्ता आधुनिक फिचर समावेश रहेका कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार