भारत सात वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

भारत सात वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आयोजना गरेको च्याम्पियनसिपमा भारत छैटौँपटक उपाधि हात पार्न सफल भयो ।

पछिल्लो दुई संस्करण भने बंगलादेशले जितेको थियो । यसपटक उपाधि ह्याट्रिक गर्ने बंगलादेशको योजनामा भारत बाधक बन्यो । शनिबार गोवास्थित नेहरू रंगशालामा भारतले बंगलादेशलाई ३–१ ले हरायो ।

भारतको जितमा प्यारी छाका, सान्फिदा नोनग्रुम र ल्यान्डी कोमले समान एक गोल गरे । बंगलादेशका लागि ऋतु पोर्णा चक्माले एक गोल फर्काएकी हुन् । पछिल्लोपटक सन् २०१९ मा भारतले उपाधि जितेको थियो । 

सुझावित समाचार