सशस्त्र प्रहरी बलले ललितपुरमा ठुलो मात्रामा लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको टोलीले ललितपुरको गोदावरी नगरपालिका- २ धाराचौरबाट सातवटा बोरामा लुकाइराखेको लागुऔषध बरामद गरेको हो। दुई लाख १० हजार ६४० पिस ट्रामाडोल नामक लागुऔषध बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
बिशंखुनारायणको जंगलमा लुकाएर राखेको अवस्थामा सो लागुऔषध बरामद भएको हो।
सो लागुऔषधसहित वीरबहादुर तामाङ र शान्तबहादुर तामाङ पनि पक्राउ परेका छन्। वीरबहादुरलाई ११ जेठमै पक्राउ गरी अनुसन्धान गरिएको थियो। अनुसन्धानको क्रममा सो लागुऔषधका मुख्य मालिक शान्तबहादुर भएको खुलेको हो। उनी ट्याक्सीचालक हुन्। उनले आफ्नै ट्याक्सीमा सो लागुऔषध ओसारपसार गरेको खुलेको छ। उनको ०१–००२ ज ८८६३ नम्बरको ट्याक्सी पनि नेपाल प्रहरीलाई बुझाएको छ। लागअुौषधको अपरेसनमा यो अहिलेसम्मकै ठुलोमध्येको एक अपरेसन हो।
भिडियोः