कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतले सार्वजनिक बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।अस्पतालले एक सूचना जारी गर्दै सार्वजनिक बिदाका दिनहरूमा पनि ओपिडी सेवा सञ्चालन गर्ने जनाएको हो ।
गणतन्त्र दिवस, राष्ट्रिय धान दिवस, साउनेसंक्रान्ति तथा देउडा पर्व, प्रदेश स्थापना तथा सहिद दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, धान्य पूर्णिमा/उँधौली पर्व, क्रिसमस डे, तमु ल्होछार, पृथ्वीजयन्ती, माघेसंक्रान्ति, प्रजातन्त्र दिवस, नारी दिवस, ग्याल्पो ल्होसार, इद उल फित्र र बकर इद (इद उल अजहा)जस्ता सार्वजनिक बिदाका दिनमा ओपिडी सेवा दिने अस्पतालले जनाएको छ ।
नेपाल सरकारले आकस्मिक रूपमा बिदा घोषणा गरेका शनिबार र आइतबारबाहेकका अन्य दिन ओपिडी सेवा दिने अस्पताल निर्देशक डा. गणेश थापाले बताए ।