सार्वजनिक कार्यक्रमको ब्यानरमा हर्क साम्पाङको फोटो अनिवार्य राख्न निर्देशन

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

सार्वजनिक कार्यक्रमको ब्यानरमा  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फोटो अनिवार्य राख्न निर्देशन दिइएको छ । मंगलबार कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाले पत्र लेख्दै यस्तो निर्देशन  दिएका हुन् ।

पत्रमा भनिएको छ, ‘श्रम संस्कृति पार्टी १ नम्बर प्रदेश मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, टोलभित्र गरिने कार्यक्रमको ब्यानर तथा प्रचारप्रसार सामग्रीहरूमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्नु, गराउनुपर्ने अनुरोध गर्दछौँ ।’

सुझावित समाचार