विश्वकपअघि मेसीलाई चोटको त्रास

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

अमेरिकी मेजर लिग सकरअन्तर्गत फिलाडेल्फियाविरुद्धको खेलमा घाइते भएका अर्जेन्टिनाका लियोनल मेसीलाई फिफा विश्वकप फुटबल प्रतियोगिता चोटले सताउनेछ । मियामीका प्रशिक्षक गुइलेर्मो होयोसले भिजेको र भारी मैदानका मेसीलाई जोखिम नलिन मैदानबाट दोस्रो हाफमा निकालिएका थिए । सो खेलमा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ६–४ ले पराजित गरेको थियो ।

मेसी विश्वकपअघि घाइते भएकाले उनका समर्थकलाई पनि चिन्ता बढाएको छ । उनी खेलको ७३औँ मिनेटमा मैदानबाट निस्किएका थिए । ७०औँ मिनेटमा फ्रिकिक लिएपछि मेसीले आफ्नो बायाँ तीघ्राको माथिल्लो भागमा समस्या आएको बताएका थिए । तत्कालै उनले प्रशिक्षकसँग आफू बाहिरिने संकेत गरेका थिए । मैदानबाट बाहिर निस्कँदा उनी सामान्य रूपमा हिँडिरहेका थिए । पछिल्लो एक महिनामा सबै खेल पूरा खेलेका मेसी थकित देखिएका थिए । टोलीका साथीहरूसँग बेन्चमा नबस्दै उनी सिधै ड्रेसिङरुममा गएका थिए । ‘हामीसँग मेसीको सम्बन्धमा अहिलेसम्म कुनै रिपोर्ट छैन, तर उनी साँच्चै थकित थिए,’ मियामीका प्रशिक्षक हायोसले भने । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकपमा अर्जेन्टिनाले आगामी साता टोलीको घोषणा गर्दै छ ।

अर्जेन्टिनाले तीन सातापछि विश्वकप खेल्न लागेको अवस्थामा मेसीको सम्भावित शारीरिक समस्याले टोलीको उपाधि रक्षा अभियानमा ठुलो असर पार्न सक्छ । मेसीका सहकर्मी सिल्भेट्टीले पनि आफूलाई यसबारे जानकारी नभएको बताए, ‘हामी आशा गछौँ मेसीको चोट गम्भीर नहोस् । उनको स्वास्थ्यलाभको कामना गर्छौँ,’ सिल्भेट्टीले भने । सन् २०२३ मा मियामी पुगेयता मेसीले आफ्नो खेल समय सावधानीपूर्वक व्यवस्थापन गर्दै आएका छन् । पछिल्ला केही वर्षमा उनी ह्यामस्ट्रिङ समस्याका कारण पटक–पटक मैदानबाहिर बसेका छन् । यही समस्याले यस वर्षको पूर्वसिजनका केही खेल पनि उनले गुमाएका थिए । 
 

See More On

सुझावित समाचार