बजाज चेतक इभीले पोखराको नयाँबजारमा चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ । बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले सोरुम सञ्चालनमा ल्याएको हो । ३१ वैशाखदेखि सञ्चालनमा आएको उक्त सोरुम राजधानीबाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुईपांग्रे सवारीको अनुभव पुर्याउने महत्वपूर्ण कदमका रूपमा हेरिएको बताइएको छ ।
आधुनिक इभी प्रयोगकर्ताको बदलिँदो जीवनशैलीलाई मध्यनजर गर्दै निर्माण गरिएको पोखरा एक्सपेरियन्स जोनमा प्रविधि, सहजता तथा ग्राहककेन्द्रित सेवालाई समेटिएको कम्पनीले जनाएको छ । उक्त केन्द्रमा सवारी प्रदर्शन, टेस्ट राइड, खरिद परामर्शदेखि चेतक इभीका लागि विशेष सेवा–सुविधासमेत उपलब्ध छ । सोरुममा आउने ग्राहकले डिजिटल प्रोडक्ट डिस्प्लेमार्फत सवारीका विशेषताबारे जानकारी लिन सक्नेछन् भने प्रशिक्षित इभी विज्ञमार्फत इभी, चार्जिङ समाधान तथा स्मार्टफिचरसम्बन्धी परामर्श पनि लिन सक्नेछन् ।