नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरेपछि सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश डा. शर्माले पदभार ग्रहण गरेका हुन्।
प्रधानन्यायाधीश शर्माले पदभार सम्हाल्ने क्रममा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल अनुपस्थित हुँदा न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुँयाल सहभागी भए। मल्ल, रेग्मी र फुँयाल शर्माभन्दा अघि क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा न्याय परिषद्बाट सिफारिस भएका थिए।
कार्यसम्पादन मूल्यांकनका आधारमा संवैधानिक परिषद्ले शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो। मंगलबार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका शर्माले आजै पदभार ग्रहण गरेका हुन्।