आइसिसी विश्वकप लिग–२ मा नेपालले बलिङमा उत्कृष्ट कमब्याक गर्दै अमेरिकालाई १९५ रनमा अलआउट गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बलियो सुरुवात गरेको अमेरिका ४३.३ ओभरमै अलआउट हुन पुग्यो। १२२ रनमा दोस्रो विकेट गुमाएको अवस्थामा बलियो थियो। त्यसपछि अमेरिकाले लगातार विकेट गुमायो। पछिल्लो २५ रनमा उसले ५ विकेट गुमायो।
अमेरिकाको ब्याटिङ धराशायी हुनुमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरे। उनले ७.३ ओभरमा उनले चार विकट लिएर २४ रन मात्र खर्चिए। सोमपाल कामीले २, सन्दीप लामिछाने र गुल्सन झाले १–१ लिए। अमेरिकाका लागि ओपनर स्मिथ पटेलले सर्वाधिक ८३ रन प्रहार गरे।